काठमाडौं- नेकपा एमालेकी सांसद गंगा चौधरीले टीकापुर घटनाका दोषी भनिएका रेशम चौधरीले कुनै घटना नघटाएको दाबी गरेकी छन् ।
बुधबार संसदको विशेष समयमा बोल्दै सांसद चौधरीले रेशम चौधरी लगायतका टीकापुर घटनाका सबै निर्दोष रहेको दावी गरेकी हुन् ।
‘दुनियाँको नजरमा रेशम चौधरी अपराधी हुन भन्ने भ्रम परेको छ, उनले भनिन, ‘म दावाका साथ भन्न सक्छु, टीकापुर घटनामा जोडिएका रेशम चौधरी लगायत ५८ जना निर्दोष छन् ।’
उनले घटना हुँदा चौधरी टीकापुर नै नभएको ठोकुवा गरिन् ।
‘घटना हुँदा रेशम चौधरी टीकापुर थिएनन्, बर्दियामा थिए । राजनीतिक कारणले उनलाई फसाइएको हो । टीकापुर घटना राजनीतिक कारण घटाइएको थियो,’ चौधरीले भनिन् ।