भेला र सम्मेलन रोक्न सीडीओ कार्यालयलाई स्वास्थ्य मन्त्रालयको आग्रह-Sutra News

भेला र सम्मेलन रोक्न सीडीओ कार्यालयलाई स्वास्थ्य मन्त्रालयको आग्रह

बुधबार, १८ चैत्र २०७७

बुधबार, १८ चैत्र २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको भन्दै सबैखाले भिडभाडजन्य गतिविधि रोक्न आग्रह गरेको छ ।



बुधबार मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले भिडभाड हुने सबै गतिविधि बन्द गर्न प्रमुख जिल्ला अधिकारीहरुसँग आग्रह गरे ।

संक्रामक रोग ऐनअनुसार प्रमुख जिल्ला अधिकारीलाई सबै प्रकारका भिडभाड रोक्न मन्त्रालयले आग्रह गरेको उनले बताए ।

‘कुनै पनि जुलुश, भिडभाड सभा, सम्मेलन, भेलाहरु रोक्न पनि स्वास्थ्य मन्त्रालय बिनम्र आग्रह गर्दछ’ उनले भने ।

नेपालमा पछिल्लो समय पुनः कोरोना संक्रमण बढ्दै गएको भन्दै सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट