तीन प्रदेशका पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना-Sutra News

तीन प्रदेशका पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना

बिहिबार, १९ चैत्र २०७७

बिहिबार, १९ चैत्र २०७७

काठमाडौं- स्थानीय र पश्चिमी वायुको प्रभावले आज पनि विभिन्न तीन प्रदेशका पहाडी भेगमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।



हाल देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ भने अन्य भू-भागमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज अपराह्न प्रदेश १, वाग्मती, र गण्डकी प्रदेशका पहाडी भू-भागका थेरै  स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार र शनिबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले बिहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट