काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बिहीबार बस्दैछ ।
माओवादीका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बिहीबार बिहान स्थायी कमिटीको बैठक बोलाएको जानकारी दिए ।
माओवादी केन्द्र एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्षमा पुगिसकेको छ । यद्यपि, यसबारे निर्णय भइसकेको छैन ।
गत शनिबार एक बहस कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै समर्थन फिर्ता लिने संकेत गरेका थिए ।
चैत २३ गतेभित्र विश्वासको मत नलिए एमाले नेतृत्वको सरकारको वैधानिकतामाथि प्रश्न उठ्ने उनको भनाइ थियो ।