सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला-Sutra News

सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला

बिहिबार, १९ चैत्र २०७७

बिहिबार, १९ चैत्र २०७७

इलाम- त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।



जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु ६० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फणिन्द्र भट्टराईले बताए । 

विसं २०७७ भदौ ७ गते राति भान्साघरमा सुतिरहेकी आमालाई आरोपितले भित्रबाट लगाएको ढोकाको चुकुल हातले खोलेर भित्र पसी बलात्कार गरेको पाइएको भट्टराईले जानकारी दिए ।

भदौ ८ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । आरोपितलाई भदौ १० गते प्रहरीले गिरफ्तार गरेको थियो । पीडितको भदौ ८ गते इलाम अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट