केपी ओलीलाई हटाएर नयाँ केन्द्रीय कमिटी बनाउँछुः माधव नेपाल-Sutra News

केपी ओलीलाई हटाएर नयाँ केन्द्रीय कमिटी बनाउँछुः माधव नेपाल

बिहिबार, १९ चैत्र २०७७

बिहिबार, १९ चैत्र २०७७

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले केपी ओलीलाई हटाएर आफ्नै नेतृत्वमा केन्द्रीय कमिटी बनाउने घोषणा गरेका छन् ।



बिहीबार पोखरामा आयोजित कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले केन्द्रीय कमिटीबाट केपी ओलीलाई हटाएर नयाँ कमिटी बनाउने घोषणा गरेका हुन् ।

नेता नेपालले कार्यकर्तालाई निर्देशन दिँदै जिल्ला जिल्लामा संगठित हुन निर्देशन दिएका छन् । कमिटीका बैठकहरू नियमित गर्न निर्देशन दिँदै नेता नेपालले अब चाँडै आफ्नो नेतृत्वमा केन्द्रीय कमिटि घोषणा गर्ने जानकारी दिए ।

उनले अब चाँडै केन्द्रीय कमिटी पनि घोषणा गर्ने जानकारी दिँदै जिल्लामा सबै संगठित हुन कार्यकर्तालाई आग्रह गरे । ‘कमिटी बैठकहरू अब नियमित गर्नुहोस् । हामी सबै ठाउँमा संगठित भएर केन्द्रीय कमिटी पनि घोषणा गर्दैछौं,’ नेता नेपालले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट