काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराईले नेताद्वय धनश्याम भुसाल र सुरेन्द्र पाण्डेमथि गरिएको कारबाहीलाई इमानादार नेतालाई कारबाही गर्ने र भ्रष्टहरू पुरस्कृत भएको प्रतिक्रिया दिएका छन् ।
नेपालमा विद्वान, इमान्दार र नैतिकवानहरूमाथि कारबाही हुने भ्रष्ट र अनैतिकहरू पुरस्कृत हुने गरेको उनले बताएका छन् ।
‘ॠषिमुनी र बुद्धको ज्ञानभूमि अनि मार्क्सवादको उर्वरभूमि नेपालमा आजकाल विद्वान, इमान्दार र नैतिकवानहरूमाथि कारबाही हुन्छ । मूर्ख, भ्रष्ट र अनैतिकहरू पुरस्कृत हुन्छन्,’ भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘कमरेड घनश्याम र सुरेन्द्रजीमाथि त्यस्तै भद्दा मजाक गरिएको छ ।’
पार्टीले सोधेको स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नभएको भन्दै पछिल्लोपटक स्पष्टीकरण दिएका भुसाल र पाण्डेलाई एमालेले ६ महिनाका लागि निलम्बन गरेको छ ।
यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि एमालेले ६ महिनाका लागि निलम्वित गरेको छ ।