पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना संक्रमण पुष्टि

बिहिबार, १९ चैत्र २०७७

बिहिबार, १९ चैत्र २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा चार हजार २ सय १३ जनाको पिसिआर परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण देखिएको हो ।

यस अवधिमा कोरोना संक्रमणको कारणले एक जनाको मृत्यु भएको छ । यस अवधिमा ६५ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल कोरोना संक्रिय संक्रमितको संख्या एक हजार ५ सय ७९ रहेको छ ।

कोरोना निको हुने दर ९८.३ प्रतिशत रहेको छ । यसैगरी तीन हजार ३१ जनाको कोरोनाले मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट