काठमाडौं- सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा खारेजीको फैसला पुनरोवलोकन गर्नुपर्ने राखेर दिएको निवेदनमाथि आदेश दिएको छ ।
अदालतले यस अघिको आफ्नै फैसलालाई सदर गर्दै नेकपा एमाले र माओवादी केन्द्र नै कायम रहने आदेश गरेको हो । सर्वोच्चको आदेशमाथि विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माओवादीका अध्यक्ष प्रचण्डमाथि व्यंग्य गरेका छन् । उनले दाहालले र नेकपाकै वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रतिनिधिसभा विघटनको फैसला बदर हुँदा लड्डु खाएर खुसी मनाएको भन्दै व्यंग्य गरेका हुन् ।
‘सर्वोच्च अदालतको फैसला । लड्डु खाएर उल्लास मनाउने परम्परा त छैन नै । तैपनि पुनरावलोकनको रोइलो अब सकिएको छ !’ उनले ट्वीटरमा लेखेका छन्, ‘ निवेदक महोदयप्रति सहानुभूतिचाहिं छ । सम्हालिनुहोस् र राजनीति गर्नुहोस ! राजनीतिज्ञ झगडिया हुन खोज्दा यस्तै हुँदोरहेछ ! आफैले भाँड्न चाहेको एकता कति प्यारो ?’
थापाले सर्वोच्चको आदेशसँगै अध्यक्ष प्रचण्डको निराशा प्रकट गर्न मानवीय संवेदनामाथि असंवेदनशील हुँदै पुत्र वियोग हुँदाको असान्दर्भिक तस्बिर जोडेका छन् ।
उनले छोरा प्रकाशको निधन हुँदा प्रचण्ड भावविह्वल भएर रोइरहेको तस्बिर राखेका हुन् ।
बालुवाटारमा बसेर प्रधानमन्त्रीलाई सल्लाह दिने भन्दा अन्य नेताको खिसिट्युरी गर्न उनी व्यस्त छन् । उनले यसअघि पनि एमालेकै वरिष्ठ नेता माधव नेपालको अनुहार छोपिएको तस्बिर असान्दर्भिक टाँसेका थिए ।
सर्वाेच्च अदालतकाे फैसला ।
लड्डु खाएर उल्लास मनाउने परम्परा त छैन नै। तैपनि पुनरावलोकनको राेइलाे अब सकिएकाे छ !
निवेदक महाेदयप्रति सहानुभूतिचाहिं छ- सम्हालिनुहाेस र राजनीति गर्नुहाेस ! राजनीतिज्ञ झगडिया हुन खाेज्दा यस्तै हुँदाेरहेछ !
आफैले भाँड्न चाहेकाे एकता कति प्याराे ? pic.twitter.com/gyn50E2Aik— Surya Thapa (@ThapajiSurya) April 1, 2021