काठमाडौं- सर्वोच्च अदालतको आदेशलाई जोडेर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रति गरेको ‘असभ्य ट्वीट’ हटाएका छन् ।
एमाले र माओवादी केन्द्रको एकतालाई शून्यमा झार्ने आदेश उपर दिएको पुनरावलोकन निवेदनमा निस्सा नदिएपछि थापाले प्रचण्डको फोटो राखेर राजनीति गर्न सुझाएका थिए ।