काठमाडौं- उपप्रधानमन्त्री एवम् नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधव नेपाल र प्रचण्डलाई आत्मसमीक्षा गर्न सुझाव दिएका छन् ।
पार्टी एकतालाई बचाउन धेरै साथीहरूले अनुनय विनय गरिरहेको सम्झेर आत्मसमिक्षा गर्न महासचिव पोखरेलले माधव नेपाल र प्रचण्डलाई सुझाव दिएका हुन् ।
उनले बिहीबार बेलुका फेसबुमा लेखेका छन्, ‘नेकपा रहेकै अवस्थामा विग्रहकारी प्रवृत्ति र गतिविधि बेरोकटोक बढिरहेका बेला पार्टी एकतालाई बचाउन थुप्रै साथीहरूले गर्नुभएको अनुनय विनयलाई सम्झदै अब त आत्मसमीक्षा गर्नथाल्नुस् – माधव नेपाल / प्रचण्ड कमरेडहरू!’