आगामी रणनीति बनाउन एमालेको नेपाल पक्षले बोलायो स्थायी कमिटी बैठक-Sutra News

आगामी रणनीति बनाउन एमालेको नेपाल पक्षले बोलायो स्थायी कमिटी बैठक

शुक्रबार, २० चैत्र २०७७

शुक्रबार, २० चैत्र २०७७

काठमाडौं- नेकपा एमालेको माधव-झलनाथ पक्षको आज स्थायी कमिटी बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजेपछि बस्ने छ ।



नेकपा एमालेको ओली पक्षले आफ्नो पक्षका नेतालाई कारबाही गर्न थालेपछि आफ्नो धारणा बनाउन बैठक बोलाइएको हो ।

नेकपा एमालेले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गरेको छ ।

उनीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेका हुन् ।

एमालेको केन्द्रीय कमिटीको चैत ७ गतेको बैठकको निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले नेपाल, रावल, पाण्डे र भुसाललाई स्पष्टीकरण सोधेका थिए ।

नेपाल-खनाल पक्ष अहिले देशव्यापी समानान्तर संरचना बनाउने क्रममा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट