विज्ञापन बोर्डमा हुमागाईं र चुरे-मधेश संरक्षण विकास समितिको अध्यक्षमा पौडेल नियुक्त-Sutra News

विज्ञापन बोर्डमा हुमागाईं र चुरे-मधेश संरक्षण विकास समितिको अध्यक्षमा पौडेल नियुक्त

शुक्रबार, २० चैत्र २०७७

शुक्रबार, २० चैत्र २०७७

काठमाडौं- मन्त्रिपिरिषदको आकस्मिक बैठक सकिएको छ ।



बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक बस्न नसकेपछि शुक्रबार बिहान बैठक बसेको एक मन्त्रीले बताए ।

बैठकले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको ती मन्त्रीले जानकारी दिए ।

बोर्डको अध्यक्षका लागि हुमागाईंसहित लेखनाथ शर्मा पंगेनी र रमेशकुमार खड्काले आवेदन दिएकोमा सरकारले हुमागाईंलाई नियुक्त गरेको हो ।

त्यस्तै बैठकले राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिमा पनि पदाधिकारी नियुक्ति गरेको छ ।

सरकारले समितिको अध्यक्षमा डा. किरण पौडेल र सदस्यहरूमा पूर्व जर्नेल बाबुकृष्ण कार्की, डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुणलाई नियुक्त गरेको ती मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट