सचिन तेन्दुलकरलाई कोरोना संक्रमण पुष्टि-Sutra News

सचिन तेन्दुलकरलाई कोरोना संक्रमण पुष्टि

शुक्रबार, २० चैत्र २०७७

शुक्रबार, २० चैत्र २०७७

काठमाडौं- भारतीय चर्चित क्रिकेटर सचिन तेन्दुलकरलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण भएपछि शुक्रबार मुम्बइको एक अस्पतालमा भर्ना गरिएको भारतीय सञ्‍चार माध्यमहरुले जनाएका छन् ।



यसका साथै सचिनले आफूलाई कोरोना पोजिटीभ भएको जानकारी सामाजिक सञ्‍जालबाट दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाइँकाे इच्छा र प्रार्थनामको लागि धन्यवाद। चिकित्सको सल्लाहमा मलाई अस्पताल भर्ना गरिएको छ । किनकी पुरै सावधानी हुन पाओस् । मलाई आशा छ की म चाँडै घर फर्किनेछु ।ध्‍यान दिनुस् र सुरक्षित रहनुस् ।’

यस्तै सचिनले भारतको विश्वकप जीतको १० वर्ष पुगेको उपलक्ष्‍यमा भनेका छन्, ‘सबै भारतीय तथा मेरो साथीहरुलाई हाम्रो विश्‍व कप जीतको १०औ वर्षगाँठको शुभकामना व्‍यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट