पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार, २० चैत्र २०७७

शुक्रबार, २० चैत्र २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा तीन हजार ५ सय ६५ जनाको पिसिआर परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण देखिएको हो ।

यस अवधिमा कोरोना संक्रमणको कारणले एक जनाको मृत्यु भएको छ ।  यस अवधिमा १११ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल कोरोना संक्रिय संक्रमितको संख्या एक हजार ६ सय ४७ रहेको छ । कोरोना निको हुने दर ९८.३ प्रतिशत रहेको छ । यसैगरी तीन हजार ३१ जनाको कोरोना कारणले मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट