आर्यन एकपछि अर्को फिल्म साइन गर्दै, फेरि पनि उपासनासँगै रोमान्स गर्ने-Sutra News

आर्यन एकपछि अर्को फिल्म साइन गर्दै, फेरि पनि उपासनासँगै रोमान्स गर्ने

शुक्रबार, २० चैत्र २०७७

शुक्रबार, २० चैत्र २०७७

काठमाडौं- चकलेटी अभिनेता आर्यन सिग्देल पछिल्लो समय एकपछि अर्को फिल्म साइन गर्नमा व्यस्त रहेका छन् । हुन त उनी अभिनित पछिल्ला फिल्महरू व्यावसायिक रूपमा सफल हुन सकेका छैनन् । त्यसका बाबजुद पनि उनि कामविहीन हुनु परेको छैन ।



अब आर्यन ‘मिरर’ नामक नयाँ फिल्ममा देखिदै छन् । उनले बिहीबार फेसबुकमार्फत फिल्म ‘ मिरर’ को बारेमा खुलाएका हुन् । यस फिल्ममा आर्यनका साथमा अभिनेत्री उपासनासिंह ठकुरी र अभिनेता सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको छ ।

लागुऔषध दुर्व्यसनीको कथालाई लिएर फिल्म निर्माण हुने बताएको छ । वैशाख दोस्रो साताबाट फिल्मको छायांकन थालिने छ । आर्यन र उपासनाले यसभन्दा अघि ‘डिसेम्बर फल्स’ फिल्ममा जोडी बाँधिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट