अवैध अध्यक्ष ओलीले गरेको कारबाहीको कुनै अर्थ छैनः भीम रावल-Sutra News

अवैध अध्यक्ष ओलीले गरेको कारबाहीको कुनै अर्थ छैनः भीम रावल

शुक्रबार, २० चैत्र २०७७

शुक्रबार, २० चैत्र २०७७

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमालेका अवैध अध्यक्ष केपी ओली गरेको कारबाहीको कुनै अर्थ नभएको बताएका छन् ।



एमालेको माधव–झलनाथ समूहको स्थायी कमिटी बैठकपछि सञ्चारकमीसँग कुरा गर्दै रावलले केपी ओलीले आफूले आफैलाई अवैध घोषणा गरेको बताए ।

‘एमाले केपी ओलीको पार्टी होइन । उहाँ अवैध अध्यक्ष हो, यो घोषणा उहाँ आफैले गर्नुभएको हो । पार्टीको विधानअनुसार महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीले गठन गर्ने हो, अध्यक्षले होइन ।’ उनले भने ।

केही दिनअघि अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिना पार्टीको साधरण सदस्यसमेत नरहने गरी निलम्बन गर्ने निर्णय गरेका थिए ।

बैठकले नेपालसहितका नेताहरूमाथि कारबाही गर्ने ओलीको निर्णयको भर्त्सना गरेको छ ।

हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट