महेन्द्रनगर- कञ्चनपुरको लालझाडी गाउँपालिका-१ मा जलेर एक वृद्धाको मृत्यु भएको छ ।
घरको पालीमा सुतिरहेको बेला छेउमै बालेको आगो सल्किएर ६८ वर्षीया सोमती रानाको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।
‘वृद्धा जलेको जनप्रतिनिधीले खबर गरेपछि घटनास्थल प्रहरी पुगेको थियो ।’
उनले भने, ‘वृद्धाको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइसकेका छौं ।’