कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने-Sutra News

कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने

शुक्रबार, २० चैत्र २०७७

शुक्रबार, २० चैत्र २०७७

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने विषयमाथि छलफल सुरु भएको छ ।



आज दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक बेलुका ८ बजे मात्रै सुरु भएको केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए ।

दिउँसोका लागि बोलाइएको बैठकको एजेण्डा महाधिवेशनको कार्यतालिका परिवर्तन गर्ने विषय मात्रै रहेको भए पनि सरकारको राजीनामा माग्ने विषय समेत एजेण्डाका रुपमा राख्नुपर्ने माग उठेपछि दिनभर नेताहरुकाबीचमा छलफल भएको थियो ।

दिनभरको छलफलपछि केन्द्रीय समिति बैठकमा नयाँ सरकार गठनका लागि कांग्रेसले पहल गर्ने वियष समेत एजेण्डाका रुपमा प्रस्तुत भएको छ ।

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका शीर्ष नेताहरु सहभागी थिए । प्रधानमन्त्रीको राजीनामा माग्ने एजेण्डाका बारेमा सहमति जुटेपछि अबेर गरी बैठक सुरु भएको हो ।

केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीको राजीनामा माग्ने विषय रहेको एक केन्द्रीय सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट