नयाँ दिल्ली (एएनआई)- चर्चित भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् ।
कोरोना भाइरसबाट सङ्क्रमित भएको पाँच दिनपछि उनी अस्पताल भर्ना भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
उनको स्वास्थ्य अवस्था झन झन बिग्रिदै गएपछि थप उपचारको आवश्यकता रहेको भन्दै चिकित्सकहरुले अस्पताल भर्ना हुन सुझाव दिएका थिए ।
खेलाडी तेन्दुलकर कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भए पनि उनका परिवारजनको परीक्षण गर्दा भने सङ्क्रमण नभएको देखिएको छ ।
शुक्रबार उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘मेरो स्वास्थ्यप्रति चिन्ता र चासो जनाउँदै स्वास्थ्य लाभको कामना गर्नुभएका सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’
उनले चिकित्सकहरुको सुझावका आधारमा आफू अस्पताल भर्ना भएको र आफु चाँडै नै निको भएर घर फर्किने विश्वास समेत व्यक्त गरेका छन् ।