७२ घण्टा मै छायांकन सकिएको सन्दिपको ‘श्री’ ओटीटी प्लेटफर्ममा रिलिज हुँदै-Sutra News

७२ घण्टा मै छायांकन सकिएको सन्दिपको ‘श्री’ ओटीटी प्लेटफर्ममा रिलिज हुँदै

आइतबार, २२ चैत्र २०७७

आइतबार, २२ चैत्र २०७७

काठमाडौं- कलाकार सन्दिप क्षेत्री अभिनित फिल्म ‘श्री’ को ट्रेलर सार्वजनिक भएको छ । गएको शुक्रबार निर्माण टिमले फिल्मको १ मिनेट ३६ सेकेन्डको ट्रेलर सार्वजनिक गरेका हुन् ।



श्री हलमा नभई ओटीटी प्लेटफर्ममा रिलिज हुनेछ । चैत्र २७ गते उक्त फिल्म ओटीटी प्लेटफर्ममा रिलिज हुने बताएको छ ।

फिल्म ‘मोमोः म्यूजिक एण्ड मुभि, भिडियो पसल, सिनेमा घर ५५५ लगायतका प्लेटफर्म मार्फत फिल्म रिलिज हुनेछ ।

पछिल्लो समय हल खुले पनि हलमा दर्शक आउने सुनिश्चित नहुदा निर्माण टिमले फिल्म रिलिजको लागि ओटीटीलाई उपयुक्त ठानेका छन् ।

लकडाउनको समयका ७२ घण्टा भित्रमै फिल्मको सम्पूर्ण छायाँकन सकिएको थियो । सन्दिपका साथ यस फिल्ममा बर्षा शिवाकोटी, बुद्घि तामाङ, रविन्द्र झा, राजाराम पौडेल, बसुन्धरा भुसाल, भोलाराज सापकोटा लगायतका कलाकाहरुको समेत अभिनय रहेको छ ।

एभरेष्ट सूर्य बोहोराको निर्देशन रहेको फिल्मलाई सविता गुरुङले निर्माण गरेकी हुन् । काठमाडौंमा रहेका युवाहरुले पैसा कमाउनका लागि गरिने संर्घषलाई फिल्ममा देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट