काठमाडौं- नेपाली कांग्रेसले राजीनामाबारे संसदमा आएर जवाफ दिन माग गरेको छ । संसदको शून्य समयमा बोल्दै कांग्रेसका सांसद भीमसेनदास प्रधानले छिटोभन्दा आफ्नो धारणा संसदमा राख्न माग गरेका हुन् ।
‘कांग्रेसले राजीनामा माग गरिसकेको छ । माओवादी केन्द्रका देव गुरुङले पनि यो सरकार केयरटेकर भन्नुभएको छ । यसबारेमा बाहिर नभई संसदमै आएर जवाफ दिन म सभामुखमार्फत माग गर्दछु,’ उनले भने ।
प्रधानमन्त्रीले उनीविरुद्ध उठेका प्रश्नको जवाफ सदनलाई नभई बाहिरैबाट दिनु संसदीय मर्यादाविपरीत र गैरजिम्मेवारीपूर्ण रहेको उनको भनाइ छ ।
सरकारबारे उठेका प्रश्नको जवाफ यथाशीघ्र प्रतिनिधिसभालाई प्रस्ट पार्न उनले ध्यानाकर्षण गराएका छन् ।