म्युजिक भिडियोमा काम गर्दा फिल्मका लागि लोयल नभएको फिल हुन्छः नम्रता श्रेष्ठ-Sutra News

म्युजिक भिडियोमा काम गर्दा फिल्मका लागि लोयल नभएको फिल हुन्छः नम्रता श्रेष्ठ

सोमबार, २३ चैत्र २०७७

सोमबार, २३ चैत्र २०७७

काठमाडौं- अभिनेत्री नम्रता श्रेष्ठलाई चुजी अभिनेत्री भन्ने गरिन्छ । वर्षमा एक-दुई वटा फिल्ममा मात्र देखा पर्ने गर्छिन । यद्यपी पछिल्लाे समय उनले अत्यन्तै राम्रो भनेर अभिनय गरेको फिल्मले बजार पाउन भने सकिरहेको छैन ।



अब कुरा गरौं, नम्रताको म्युजिक भिडियो करियरको । केही महिना अगाडि उनले गायक प्रकाश सपूतको ‘फुटेका चुरा’ बोलको गीतमा अभिनय गरिन् ।

प्रकाशकाअनुसार उक्त गीतमा नम्रतालाई लिन राम्रै पापड बेल्नु परेको थियो । गीतले करोड भ्युज कमाएको छ । यस अवसरमा एक कार्यक्रम गर्दै निर्माण टिमले ‘फुटेका चुरा-२’ पनि बनाउने घोषणा गरेको छ ।

जसमा नम्रतालाई नै अफर गरेको छ । तर नम्रताले भने आफू यतिखेर फिल्मको वर्कशपमा व्यस्त भएकोले फिल्म सकिएपछि मात्र म्युजिक भिडियो गर्ने बताइन् ।

उनले भनिन्, ‘फिल्म गरिरहँदा, म समय दिन सक्दिनँ, म्युजिक भिडियोमा काम गर्दा फिल्मका लागि लोयल नभएको फिल हुन्छ । त्यसैले यदि मेरो फिल्मपछि उहाँहरूले पार्ट-२ बनाउनु भयो भने म पक्कै पनि हुन्छु होला ।’

नम्रता यतिखेर अनटाइटल फिल्मको लागि वर्कशप गरिरहेकी छिन् । उनले सो फिल्मका लागि आफ्नो तौल समेत घटाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट