ओली सरकार इतिहासकै भ्रष्टाचारीः डिला संग्रौला-Sutra News

ओली सरकार इतिहासकै भ्रष्टाचारीः डिला संग्रौला

सोमबार, २३ चैत्र २०७७

सोमबार, २३ चैत्र २०७७

काठमाडौं- सांसद डा.डिला संग्रौलाले यो सरकार र भ्रष्टाचार एकअर्काका परिपूरकजस्तै भएको दाबी गरेकी छन् । उनले यो सरकारका पालामा ठूलाठूला भ्रष्टाचार प्रकरण सतहमा आएको बताएकी छन् ।



‘धेरै टाढा नजाउँ तत्कालीन सूचना तथा सञ्चार मन्त्रीको ७० करोडको अडियो डिल प्रकरण बाहिरियो, राजीनामा आयो, कारबाही भएन,’ सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भनिन्, ‘कोरोनाको महामारीमा स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार र ओम्नी ग्रुपसँग ठेक्का गर्दा भएको अनियमियतामा कारबाहीको लागि सर्वाजनिक लेखा समितिले तत्कालीन स्वास्थ्य मन्त्रीलाई इंगित गरिसकेको छ ।’

त्यस्तै हालै वनमन्त्रीले वैज्ञानिक वन नीति खारेज गर्दा करोडौं रकम दिन आएको भनी मन्त्री स्वयंले भनेको प्रसंग उनले कोट्याइन् । ‘कस्तो लज्जास्पद ! त्यसैले इतिहासमा यो सरकार सबैभन्दा भ्रष्टाचारी सरकार हो । तर प्रधानमन्त्री भ्रष्टाचारमा शून्य सहनशिलता भन्न छोडदैनन्,’ उनको जिकिर थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट