कबड्डी-४ बाट बाहिरिइन् उपासना, फाइनल भए मिरुना र गौमाया-Sutra News

कबड्डी-४ बाट बाहिरिइन् उपासना, फाइनल भए मिरुना र गौमाया

सोमबार, २३ चैत्र २०७७

सोमबार, २३ चैत्र २०७७

काठमाडौं । फिल्म कबड्डी-४ का लागि अभिनेत्रीहरु फाइनल भएका छन् । रामबाबु गुरुङ निर्देशित फिल्मका लागि अभिनेत्री मिरुना मगर र गौमाया यात्री फाइनल भएका हुन् ।



गौमाया यहि फिल्म मार्फत डेब्यु गर्दैछिन् भने उनि चर्चित भ्लगर हुन् । मिरुना फिल्ममा भित्रिएसँगै उक्त फिल्मबाट अभिनेत्री अपासनासिंह ठकुरीको भने पत्ता काटिएको छ ।

मिरुना र गौमाया फिल्मका लागि लण्डनबाट नेपाल आइसकेका छन् भने उनीहरू यतिखेर क्वारेन्टिनमा बसिरहेको बताइएको छ ।

वैशाखको पहिलो साताबाट छायांकन थालिने फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विजय बराल लगायतका कलाकारहरू भने फाइनल भइसकेका छन् ।

कबड्डी-४ सिरिजको यो अन्तिम फिल्म भनिएको छ । जसकारण कबड्डी-४ः द फाइनल म्याच फिल्मको नाम राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट