जेठ-असारमा कोरोना उच्च बिन्दुमा पुग्न सक्छः स्वास्थ्यमन्त्री-Sutra News

जेठ-असारमा कोरोना उच्च बिन्दुमा पुग्न सक्छः स्वास्थ्यमन्त्री

सोमबार, २३ चैत्र २०७७

सोमबार, २३ चैत्र २०७७

काठमाडौं- कोरोनाको दोस्रो लहर विश्वव्यापी रूपमा बढिरहेका बेला नेपालमा पनि दिनहुँ यसको लहर बढ्दो रहेको छ । भारतमा आइतबार मात्रै एक लाखमा एकैपटक कोरोना पोजिटिभ देखिएको थियो ।



अर्को मुलुक बंगलादेशले पनि कोरोना बढ्दै गएपछि लकडाउन नै घोषणा गरिसकेको छ । नेपालमा पनि कोरोनाको दोस्रो लहर दिनानुदिन बढ्दै गएको छ । फेरि पनि यसको प्रकोप बढ्दै जाने सरकारका जिम्मेवार मन्त्रीले बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सोमबार बोल्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जेठ असारमा कोभिडको लहर झन् बढ्ने बताएका छन् । ‘अबका दिनमा जनस्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न प्रभावकारी कदम चालिएन भने जेठदेखि असारसम्म संक्रमण उच्च विन्दुमा पुग्नेछ ।’

स्वास्थ्य मन्त्रीले संसदमो रोष्टममा उभिएर कोरोनाको प्रकोप झन् पछि झन् बढ्नै मात्रै बताएका छैनन् सरकारले संक्रमणको जोखिम बढ्नेतर्फ संकेत गर्दै क्वारेन्टिन र आइसोलेसनलाई तयारी अवस्थामा राख्ने र परीक्षणलाई बढाउने तयारी गरिसकेको छ ।

सोमबार मात्रै काठमाडौं जिल्ला कोभिड नियन्त्रण समितिले बढ्दो कोरोना जोखिमलाई कम गर्न विभिन्न मापदण्डहरु नै जारी गरेको छ । काठमाडौं प्रवेश गर्नेहरुको एन्टिजेन परीक्षण गर्ने घोषणा समितिले गरेको हो ।

हेल्थ डेस्क स्थापना गरेर एन्टिजेन परीक्षण गर्न नगरपालिकाहरुलाई निर्देशन दिइएको छ । साथै जिल्ला समितिले क्वारेन्टिन र आइसोलेसनलाई तयारी अवस्थामा राख्न पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट