थप २६६ मा कोरोना भाइरस संक्रमण-Sutra News

थप २६६ मा कोरोना भाइरस संक्रमण

सोमबार, २३ चैत्र २०७७

सोमबार, २३ चैत्र २०७७

काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ५३६ जनाको स्वास्थ्य परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।



आजसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ७८ हजार २१० पुगेको छ ।त्यस्तै पछिल्लो समय थप १०२ निको भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ७३ हजार ३४२ रहेको छ ।

निको हुने दर भने ९८ दशमलब ३ प्रतिशत रहेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या एक हजार ८३२ रहेको छ ।

उनीहरुमध्ये ६४ जना क्वारेन्टिनमा छन् भने अन्य आइसोलेशनमा रहेका छन् । हालसम्म नेपालमा २२ लाख ८२ हजार ८२४ को पिसिआर परीक्षण भएको छ । त्यस्तै तीन हजार ३६ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट