काठमाडौं- बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
सोमबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १-० गोलले हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो ।
२९ खेलबाट ६५ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ भने एक अंक बढी रहेको एथ्लेटिको म्याड्रिडको ६६ अंक छ ।
यस्तै तेस्रो स्थानको रियल म्याड्रिडको ६३ अंक छ ।
बार्सिलोनाको जितमा ओस्मान डेम्बेलेले ९०औँ मिनेमा गरेको गोल नै निर्णायक भयो ।
पराजित भालाडोलिड २७ अंकसहित १६औँ स्थानमा छ ।