काठमाडौं- विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मुलुकमा मध्यावधि निर्वाचन भए त्यसका लागि तयार रहेको बताएका छन् ।
संविधानअनुसार हुने निर्वाचनका लागि विवेकशील साझा तयार रहेको बताएका हुन् ।
सोमबार विवेकशील साझा पार्टीद्वारा पार्टी कार्यालय ललितपुरमा गरिएको अन्तरक्रिया कार्यक्रमा उनले संविधानभन्दा बाहिरबाट हुने चुनाव मान्य नहुने र संविधानअनुसार हुने चुनावका लागि तयार रहेको बताएका हुन् ।
उनले विवेकशील साझा वैकल्पिक शक्तिका रुपमा स्थापित भइसकेको बताए । नेपालमा भ्रष्टता, असक्षमता र अनियमितता ७० वर्षदेखिको समस्या भएको उनले बताए ।
यस्तै संयोजक मिलन पाण्डेले २५ प्रतिशत युवाले आगामी निर्वाचनमा आफूहरूलाई भोट गर्ने दाबी गरे ।