बलिउडमा कोरोनाको कहर, एक साताभित्रै दर्जन बढी कलाकारलाई कोरोना-Sutra News

बलिउडमा कोरोनाको कहर, एक साताभित्रै दर्जन बढी कलाकारलाई कोरोना

मंगलबार, २४ चैत्र २०७७

मंगलबार, २४ चैत्र २०७७

काठमाडौं- विश्वभर कोरोना भाइरसको दोस्रो लहर सुरु भए छ । भारतमा आइतबार मात्रै एकलाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यस्तै गएको सात मात्रै एक दर्जन जति बलिउडकर्मीलाई कोरोना संक्रमण भएको छ ।



अभिनेता अक्षय कुमार यतिखेर कोरोना संक्रमणका कारण अस्पताल नै भर्ना भएका छन् । उनलाई सामान्य लक्षण देखिएपछि, कोरोना परीक्षण गरिएको थियो । क्वारेन्टाईनमा बसिरहेका अक्षयको स्वास्थ्यमा थप गडबढी भएपछि अस्पताल भर्ना गरिएको हो ।

त्यस्तै अभिनेत्री आलिया भट्टलाई पनि कोरोना संक्रमण भएको छ । अलिया होम क्वारेन्टाईनमा बसिरहेकी छिन् । अभिनेता रणवीर कपुर पनि होम क्वारेन्टाईनमा बसिरहेका छन् । आलियाभन्दा अगाडि रणविरमा कोरोना पोजेटिभ देखिएको थियो । अर्का अभिनेता विक्की कौशल र अभिनेत्री भुमि पेडनेकरलाई पनि कोरोना संक्रमण भएको छ ।

गएको सोमबार दुवैले सोसल मिडियामार्फत कोरोना संक्रमण भएको जानकारी दिएका थिए । यी दुवै कलाकार यतिखेर होम क्वारेन्टाईन छन् । त्यस्तै गाएक तथा होस्ट आदित्य नारायण र उनकी श्रीमति श्वेता अग्रवाललाई पनि कोरोना संक्रमण भएको छ । उनीहरू पनि अहिले होम क्वारेन्टाईनमा छन् ।

अभिनेता गोविन्दालाई पनि कोरोना संक्रमण भएको छ । आइतबार उनले आफूलाई कोरोना संक्रमण भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट