काठमाडौं- उत्तर कोरियाले यो वर्ष आयोजना हुने टोकियो ओलम्पिक्समा भाग नलिने भएको छ ।
आफ्ना खेलाडीहरुलाई कोभिड-१९ को संक्रमणबाट जोगाउनका लागि यस्तो निर्णय लिइएको जनाएको छ ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार गत २५ मार्चमा ओलम्पिक कमिटीको बैठक बसेर सो निर्णय लिइएको बताएको छ ।
योसँगै ओलम्पिकलाई दुई देशबीच रोकिएको वार्तालाई पुनः सुचारु गर्नका लागि प्रयोग गर्ने दक्षिण कोरियाको आशामा पूर्ण विराम लागेको छ ।
सन् २०१८ मा दुवै पक्षले शीतकालीन ओलम्पिक्समा संयुक्त टोलीका रुपमा भाग लिएका थिए । त्यसपछि दुई देशबीच ऐतिहासिक सम्मेलनहरू भए ।