कार्तिकले किने यति महँगो गाडी, जान्नुस् कति छ मूल्य-Sutra News

कार्तिकले किने यति महँगो गाडी, जान्नुस् कति छ मूल्य

मंगलबार, २४ चैत्र २०७७

मंगलबार, २४ चैत्र २०७७

बलिउड अभिनेता कार्तिक आर्यनले महँगो गाडी खरिद गरेका छन्।



सोमबार नयाँ लाम्बोरगिनी उरुस गाडीसँगै तस्बीरमा कैद भएपछि उनले नयाँ गाडी किनेको सार्वजनिक भएको हो।

उनले किनेकको सो गाडीको मूल्य भारतीय बजारमा ४.५ करोड भारू पर्छ। यो भनेको नेपाली रूपैयाँमा ६.६८ करोड हुन आउँछ।

कार्तिकले नयाँ गाडी किनेको सार्वजनिक भएपछि फ्यानहरूले उनलाई बधाई दिएका छन्।

बलिउड नगरीमा कार्तिकका अलावा यो मोडलको गाडी रोहित शेट्टी तथा रणवीर सिंहसँग मात्र रहेको छ।

सन् २०११ मा ‘प्यारका पंजनामा’ नामक सिनेमाबाट बलिउड प्रवेश गरेका कार्तिक पछिल्लो समय बलिउडमा रूचाइएका कलाकार हुन्।

उनलाई केही समय अगाडिमात्र भारतीय सिनेमा निर्माण कम्पनी इरोस इन्टरनेशनलले ३ सिनेमाका लागि ७५ करोड भारूमा अनुबन्धन गरेको थियो।

हाल उनी धमाका, दोस्ताना २ तथा ‘भूलभूलैया २’को काममा व्यस्त छन्।

Kartik with his new car.

Kartik Aaryan Buys A Lamborghini Urus After Testing COVID-Negative. His ROFL Post

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट