काठमाडौं- नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली सरकारमा मन्त्री रहेको चार सांसदलाई कारबाही गरेको छ ।
मंगलबार माओवादी केन्द्रले पार्टीका तर्फबाट प्रतिनिधि सभामा विजय भएका टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई सांसदबाट निलम्बन गरेको हो ।
माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङका अनुसार सांसदहरुलाई कारबाही गरिएको पत्र संसद सचिवालयमा बुझाइसकेको जानकारी दिए ।