बढे काेराना संक्रमित, पछिल्लो २४ घण्टामा कति थपिए ?-Sutra News

बढे काेराना संक्रमित, पछिल्लो २४ घण्टामा कति थपिए ?

मंगलबार, २४ चैत्र २०७७

मंगलबार, २४ चैत्र २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा २ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभर चार हजार २ सय ४३ जनाको पिसिआर परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण देखिएको हो ।

यस अवधिमा १ सय १३ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल कोरोना सक्रिय संक्रमितको संख्या एक हजार ९ सय ७९ रहेको छ ।

कोरोना निको हुने दर ९८.२ प्रतिशत रहेको छ । यसैगरी अहिलेसम्म तीन हजार ३६ जनाको कोरोना कारणले मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट