काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका ३० का वडासचिव भरतकुमार पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले पोखरेलविरुद्ध ४ लाख घुस लिएको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
पोखरेलले सेवाग्राहीलाई नियमानुसार पाउने रकमको भुक्तानी नगरी ४ लाख घुस लिएपछि भ्रष्टाचारको मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।