यी १४ अस्पतालबाट भोलि चिनियाँ खोप लगाइने-Sutra News

यी १४ अस्पतालबाट भोलि चिनियाँ खोप लगाइने

मंगलबार, २४ चैत्र २०७७

मंगलबार, २४ चैत्र २०७७

काठमाडौं- चीनले अनुदानमा दिएको खोप लगाउने स्थानका रुपमा सरकारले काठमाडौं उपत्यकाका १४ वटा स्वास्थ्य संस्थालाई तोकेको छ ।



चीनले दिएको खोप लगाउन बुधबारदेखि अभियान सुरु हुँदैछ ।

उक्त खोप वीर अस्पताल, परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल र काठमाडौ मेडिकल कलेज सिनामंगलमा लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र क्षेत्रपाटी निशुल्क चिकित्सालयबाट पनि यो खोप लगाइने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट