सुदूरपश्चिममा भीम रावलको संयोजकत्वमा समानान्तर कमिटी गठन-Sutra News

सुदूरपश्चिममा भीम रावलको संयोजकत्वमा समानान्तर कमिटी गठन

बुधबार, २५ चैत्र २०७७

बुधबार, २५ चैत्र २०७७

काठमाडौं- नेकपा एमाले नेपाल–खनाल पक्षले सुदूरपश्चिम प्रदेशमा पनि समानान्तर कमिटी गठन गरेको छ ।



नेपाल पक्षको मंगलबार धनगढीमा सम्पन्न प्रदेशस्तरीय विस्तारित बैठकले भीम रावल संयोजकत्वमा समानान्तर कमिटी गठन गरेको हो ।

बैठकले सुदूरपश्चिम प्रदेशको दार्चुलाबाहेक ८ जिल्लाको जिम्मेवारी तोकेको छ ।

जसअनुसार कैलालीमा दीर्घ सोडारी, कञ्चनपुरमा तारा लामा तामाङ, डोटीमा चक्रबहादुर मल्ल, डडेल्धुरामा तारा जोशी, बैतडीमा महादेव भट्ट, अछाममा शेरबहादुर कुँवर, बझाङमा दिलबहादुर सिंह र बाजुरामा गगन रावललाई जिल्ला अध्यक्षको जिम्मेवारी तोकिएको छ ।

खनाल–नेपाल पक्षका नेताहरूले यसलाई समानान्तर कमिटी नभई अपूर्ण रहेको कमिटीको पूर्णता भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट