अभिनेत्री क्याट्रिना कैफलाई कोरोना-Sutra News

अभिनेत्री क्याट्रिना कैफलाई कोरोना

बुधबार, २५ चैत्र २०७७

बुधबार, २५ चैत्र २०७७

मुम्बई- अभिनेत्री क्याट्रिना कैफलाई कोरोना संक्रमण भएको छ । पछिल्लो दिनमा महाराष्ट्रमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला यो संक्रमणले बलिउडका कलाकारलाई पनि छोडेको छैन ।



दैनिक जागरणमा प्रकाशित समाचारअनुसार अक्षय कुमार, विक्की कौशल र भूमि पेडनेकरपछि कटरीना कोरोना संक्रमणको चपेटामा परेकी हुन् ।

कटरीनाले मंगलबार इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएकी हुन् ।

‘मेरो कोभिड-१९ टेस्ट पोजेटिभ आएको छ । आफूलाई आइसोलेट गरेकी छु र घरमै क्वारेन्टाइनमा छु । डाक्टरको सल्लाह अनुसार प्रोटोकल पालना गरिरहेकी छु । मेरो सम्पर्कमा आएका व्यक्तिहरुलाई आफ्नो टेस्ट गराउन अनुरोध गर्दछु’ उनले लेखेकी छन् ।

अक्षय र क्याट्रिना, रोहित सेट्टीको फिल्म ‘सूर्यवंशी’मा सँगै देखिँदैछन् । कोभिडका कारण अक्षय अस्पताल भर्ना भएपछि फिल्मको रिलिज मिति सारिएको छ । फिल्म अप्रिल ३० मा थिएटरमा आउने तयारीमा थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट