आज पनि बढे कोरोना संक्रमित, पछिल्लो २४ घण्टामा ३४९ जना थपिए-Sutra News

आज पनि बढे कोरोना संक्रमित, पछिल्लो २४ घण्टामा ३४९ जना थपिए

बुधबार, २५ चैत्र २०७७

बुधबार, २५ चैत्र २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा तीन सय ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा चार हजार १ सय जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण देखिएको हो ।

यस अवधिमा ७४ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल कोरोना संक्रिय संक्रमितको संख्या दुई हजार २ सय १ रहेको छ ।

कोरोना निको हुने दर ९८.१ प्रतिशत रहेको छ । यसैगरी तीन हजार ३६ जनाको कोरोना कारणले मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट