काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कुनै पनि संकट नरहेको दाबी गरेका छन् ।
पार्टीका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको १३ औं दिनको पुण्यतिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै सभापति देउवाले पार्टी भित्र कुनै किसिमको विवाद नरहेको बताएका हुन् ।
सार्वजनिक कार्यक्रममा नेताहरूले पार्टी संकटमा छ भन्ने विषयलाई खण्डन गर्दे पार्टी कहिले पनि संकटमा नरहेको दाबी गरे ।
‘यहाँ दोहोरी खेल्ने कुरा छैन । नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन। आज पनि छैन । भोलि पनि रहँदैन । नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । यसलाई सबैले निभाउँदै गएका छौं त्यसैले हाम्रो पार्टी संकटमा छैन ।’
देउवाले पार्टीका नेता कार्यकर्तालाई आफैले आफैलाई कमजोर नबनाउन पनि आग्रह गरे ।