राति ९ बजेपछि रात्रिकालीन व्यावसाय बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन-Sutra News

राति ९ बजेपछि रात्रिकालीन व्यावसाय बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

बुधबार, २५ चैत्र २०७७

बुधबार, २५ चैत्र २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यावसाय राति ९ बजेपछि बन्द गर्न/गराउन आग्रह गरेको छ ।



देशभर कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले राति ९ बजेपछि रात्रिकालीन व्यावसाय बन्द गराउन अनुरोध गरेको हो ।

मन्त्रालयले बुधबार १० बुँदे सूचना जारी गर्दै रात्रिकालीन व्यवसायहरू रेष्टुरेष्ट, होटल लगायत बन्द गर्न भनेको हो ।

त्यस्तै, मन्त्रालयले ठूला सहरमा ५ सय भन्दा बढी र साना सहरमा १ सयभन्दा बढी सक्रिय सङ्क्रमित देखिएको खण्डमा आवागमनमा कडाइ गर्न समेत भनेको छ ।

घरबाहिर जाँदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्न भनिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट