सर्वोच्चको अन्तरिम आदेश– बिस्काः जात्रा नरोक्नु-Sutra News

सर्वोच्चको अन्तरिम आदेश– बिस्काः जात्रा नरोक्नु

बुधबार, २५ चैत्र २०७७

बुधबार, २५ चैत्र २०७७

काठमाडौं– सर्वोच्च अदालतले बिस्काः जात्रा नरोक्न अन्तरिम आदेश दिएको छ ।



जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण बढेको भन्दै भक्तपुरमा मनाइने बिस्काः जात्रा रोक्ने निर्णय गरेपछि सर्वोच्चमा रिट परेको थियो । त्यसमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

बुधबार नै भक्तपुर नगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्दै जात्रा मनाउने निर्णय गरेको छ । त्यसअघि सांसद प्रेम सुवाल र नगरपालिका जनप्रतिनिधि लगायतको टोलीले प्रमुख जिल्ला अधिकारीलाई भेटेर जात्रा रोक्ने निर्णय सच्याउन आग्रह गरेको थियो ।

जात्रा नरोक्ने विषयमा प्रजिअ सकारात्मक भएपनि निकास दिन जति ढिला भए समस्या झन जटिल हुन सक्ने भन्दै नगरपालिकाले जात्रासँग सरोकार राख्नेहरुसँग बैठक राखेर ५ बुँदे निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट