रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्टसको जित-Sutra News

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्टसको जित

बिहिबार, २६ चैत्र २०७७

बिहिबार, २६ चैत्र २०७७

काठमाडौं- क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा इटालियन सिरी ए मा युभेन्टसले जित हात पारेको छ ।



बुधबार राति सम्पन्न खेलमा युभेन्टसले क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाको गोलमा नापोलीलाई २-१ गोलले पराजित गरेको हो ।

युभेन्टसका लागि रोनाल्डोले खेलको १३औँ मिनेटमा नै गोल गर्दै शुरुवाती अग्रता दिलाएमा ७३औँ मिनेटमा डिबालाले गरेको गोल निर्णायक भयो ।

नापोलीका लागि भने लोरेन्जो इनसाइनले खेलको ९०औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै एक गोल फर्काए ।

जितसँगै युभेन्टस सिरी ए को तेस्रो स्थानमा उक्लिएको छ । युभेन्टसको २९ खेलमा ५९ अंक भएको छ । पराजित नापोली २९ खेलमा ५६ अंकसहित पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट