काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मभीदेवी शाह हरिद्वार महाकुम्भमा सहभागी हुन बिहीबार भारतको दिल्ली प्रस्थान गर्दै छन् ।
नेपाल वायु सेवा निगमको विमानबाट दिल्ली हुँदै पूर्व राज दम्पती त्यस तर्फ जान लागेको निर्मल निवास स्रोतले बताएको छ ।
चैत ३० गते मौनी अमावश्यको शुभमुहूर्तमा त्यहाँ शाही स्नान तथा विशेष कार्यक्रममा सहभागी हुन मेला आयोजकका तर्फबाट आएको निमन्त्रणालाई स्वीकार गर्दै पूर्व राज दम्पती त्यस तर्फ जान लागेका हुन् ।