म्युजिक भिडियोमा अभिनय गर्न नरुचाउने नायक-नायिकाहरू को-को हुन् ?-Sutra News

म्युजिक भिडियोमा अभिनय गर्न नरुचाउने नायक-नायिकाहरू को-को हुन् ?

बिहिबार, २६ चैत्र २०७७

बिहिबार, २६ चैत्र २०७७

काठमाडौं । नेपाली फिल्मका नायक नायिकामा पछिल्लो समय म्युजिक भिडियोको क्रेज राम्रै रहेको पाइन्छ । छिटो काम सकिने र राम्रै दाम पाइने भएपछि क्रेज बढ्नु स्वभाविक हो ।



तर कतिपय यस्ता नायक नायिका पनि छन्, जो खासै म्युजिक भिडियोमा अभिनय गर्न रुचाउँदैनन् ।

अभिनेता प्रदिप खड्कालाई म्युजिक भिडियोमा देख्न मुस्कील छ । फिल्मको काम नहुँदा उनी अन्य काम गरेर समय बिताउँछन् । तर म्युजिक भिडियोमा अभिनय गर्दैनन् । उनलाई म्युजिक भिडियोमा लिन धेरैले प्रयास गरे । 

त्यस्तै अर्का अभिनेता अनमोल के.सी पनि म्युजिक भिडियोबाट टाढा छन् । फिल्मलाई लिएर त चुजी रहेका अनमोलले म्युजिक भिडियो गर्ने कुरै भएन ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि म्युजिक भिडियोमा अभिनय गर्न रुचाउँदिनन् ।

उनले आफ्नी आमाको केही गीतमा अभिनय गरे पनि अन्य गीतमा भने खासै अभिनय गरेको देखिएको छैन ।

त्यस्तै अभिनेत्री सृष्टि श्रेष्ठ पनि निकै कम म्युजिक भिडियोमा देखा पर्छिन् ।

त्यस्तै अभिनेता धिरज मगर पनि म्युजिक भिडियोमा देखिदैनन् । उनले तीन वर्षको अवधिमा एउटा मात्रै फिल्ममा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट