काठमाडौं- आफ्नै सचिवालयले पनि बेलामौका विज्ञप्ति जारी गर्दा ज्ञानेन्द्रलाई ‘पूर्व श्री ५ महाराजधिराज सरकार’ उल्लेख गर्दै आएको छ । तर कुटनीतिक र मर्यादा तथा नेपालको राजनीतिक व्यवस्थाका हिसाबले ज्ञानेन्द्रलाई ‘पूर्वराजा’ भन्न नसुहाउने तर्क अगाडि आएको छ ।
यो तर्क नेपाली वृत्तमा चर्चामा आउनुको मुख्य कारण ज्ञानेन्द्रलाई कुटनीतिक रुपमा खासगरी भारतले गर्ने सम्बोधन हो । झन्डै बर्षदिन अघि नेपालस्थित भारतीय दूतावासले एउटा सम्बोधनका क्रममा ज्ञानेन्द्रलाई ‘श्री ५ को सरकार’ भनेरै सम्बोधन गरेको थियो, अंग्रेजीमा ।
भारतका कतिपय हिन्दू संघ संस्था र राजनीतिक दलले नै ज्ञानेन्द्रलाई नेपालका ‘महामहिम नरेश’ भन्ने गरेका छन् । उनीहरूले नेपालमा जस्तो ‘पूर्वनरेश’ भनी सम्बोधन गरेका छैनन् ।
कुटनीतिक सम्बन्धी जानकार एक पूर्वराजदूत भन्छन्,‘हाम्रो आन्तरिक सम्बोधनमा केही त्रुटी एउटा प्रधानमन्त्री गएर अर्को प्रधानमन्त्री आउन सक्ने भएकाले नेपालमा पूर्वप्रधानमन्त्री ज्यादा हुन्छन् । फेरि पनि उनी छन् । कुटनीतिक सम्बोधन भनेको अर्थका आधारमा नै हुने गरेको छ । मुलुकमा राजा हुनु या नहुनुसँगको कुराले सम्बोधनको अर्थ लाग्दैन ।’ अरू दोहोरिएर आउने राजनीतिक प्रणाली नेपालमा रहेको छ । तर गणतन्त्र स्थापना भएपछि राजसंस्थाको खारेजी भएपछि ज्ञानेन्द्रलाई पूर्वराजा भनिएको छ ।
यो पनि
यस्ता छन् पूर्वराजा ज्ञानेन्द्रलाई भारतले दिएको सन्देश
तर, एउटा व्यवस्थाको नै प्रतिनिधित्व गरेको र फेरि अर्को राजा आइनसकेका कारण ज्ञानेन्द्रलाई ‘पूर्वराजा’ भनिनु अन्याय हुने बताइन्छ । कुटनीतिसम्बन्धी उच्च तहका जानकार भन्छन्,‘अहिले पनि अर्का कुनै राजा आएको भए उनलाई पूर्व भन्ने विशेषण जोड्न मिल्ने थियो । उनी नेपालका हालसम्मका अन्तिम राजा भएका कारणले राजा नै भनी सम्बोधन गर्नुपर्छ ।’
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले केही बर्ष अघि ज्ञानेन्द्रलाई स्वागत र सम्मान गरेपछि सामाजिक सञ्जाल ट्वीटरमा नै लेखेका थिए,‘नेपालका राजा ज्ञानेन्द्रलाई सम्मान गर्न पाउँदा खुसी लागेको छ । उनी हिन्दू सम्राट हुन् ।’ नेपालमा राजनीतिक र कुटनीतिक सम्बोधनमा परिपक्वता नभएको प्रतीत गराउने एउटा सम्बोधन ज्ञानेन्द्रलाई गर्दै आएको उदाहरणका रुपमा लिनुपर्ने कतिपयको चर्चा छ ।
अमेरिकामा कार्यकाल सके पनि राष्ट्रपतिलाई पूर्व भन्ने प्रचलन नरहेको बताइन्छ । नेपालमा गरिए पनि अमेरिकी जनताले तत्कालिन राष्ट्रपति बाराक ओबामा हुन् या डोनल्ड ट्रम्प, या ति भन्दा अघिका सबै हुन् उनलाई गरिने सम्बोधन नै ‘प्रेसिडेन्ट’ हो । ‘तिनलाई कसैले पनि ‘एक्स प्रेसिडेन्ट’ भन्ने प्रचलन छैन न त मिडियाले नै त्यसरी सम्बोधन गर्छन्’, ति कुटनीतिक जानकार भन्छन् ।
कतिपय सम्बोधनले एउटा डिस्कोर्स तयार पार्दा नै ज्ञानेन्द्रका लागि पूर्वराजा भनिएको मान्छन् प्रोफेसरहरू । ज्ञानेन्द्रका हकमा पनि लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनपछि केही ठूला मिडियाले यस्तो डिस्कोर्स तयार पारेको मान्छन् जानकारहरू। त्यसैले उनीहरू भन्छन्,‘परिपक्व कुटनीतिले राजालाई पूर्व नमान्नुको कारण उनको सफल नीति हो ।’