साइन गरेर पनि किन फिल्म छाड्दै छन् अभिनेत्रीहरू ?-Sutra News

साइन गरेर पनि किन फिल्म छाड्दै छन् अभिनेत्रीहरू ?

बिहिबार, २६ चैत्र २०७७

बिहिबार, २६ चैत्र २०७७

काठमाडौं- नयाँ फिल्म साइन गर्नु, केही दिन चर्चामा आउनु र फेरि साइन गरेको फिल्म छोड्नु यो परिपाटी नेपाली फिल्मी क्षेत्रमा देख्न पाइन्छ । मेकरबाट अफर आउँदा केही नसोची, नबुझी हतारहतार फिल्म साइन गर्ने र पछि स्क्रिप्ट पढ्दा चित्त नबुझेपछि विभिन्न बहानामा फिल्म छाड्ने गरेको धेरै उदाहरण छ ।



पछिल्लो समय वरिष्ठ निर्देशक दिपक श्रेष्ठले ‘धिन्ताङ’ नामक फिल्मको घोषणा गरेका छन् । लामो समयपछि फिल्म निर्माण र निर्देशनमा फर्किन लागेका दिपकले सुरुमा अभिनेत्री तथा मोडल एलिजा गौमतलाई फिल्मको मुख्य भूमिका लागि अफर गरे ।

170202622_155933659750357_6623525918665929655_n.jpg

एलिजाले पनि उक्त फिल्म साइन गरिन् । तर त्यसको केही दिनपछि एलिजाले आफू क्यानडा जाना लागेकोले फिल्म गर्न नभ्याउने भन्दै फिल्मबाट हात झिकिन् । तर उनी क्यानडा गइनन् ।

एलिजाले छाडेपछि उक्त फिल्म अर्की अभिनेत्री लक्ष्मी वर्देवाको हातमा पर्यो । उनले पनि फिल्म साइन गरिन् । फिल्मको शुभमुहूर्त पनि लक्ष्मीकै हातबाट भयो । तर यतिखेर लक्ष्मी पनि फिल्मबाट बाहिरि सकेकी छिन् । फिल्मको छायांकनमा ढिलाई भएको भन्दै उनले फिल्मबाट हात झिकेकी हुन् ।

लक्ष्मी पछि यस फिल्मका लागि अभिनत्री केकी अधिकारी र निता ढुंगानाबीच कुरा भइरहेको बताइएको छ । अब फिल्मको छायांकन सुरु नहुन्जेल यो फिल्ममा कुन अभिनेत्री पक्का होलिन्, त्यो भने भन्न मुश्किल छ । तर फिल्ममा अभिनेताको रूपमा भने गौरव पहारी पक्क भइसकेका छन् । 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट