काठमाडौं- सांसद बिमला विश्वकर्माले प्रतिधिसभा बैठकमा सरकार काम कारबाहीको प्रशंसा र आलोचकहरूप्रति व्यंग्य गर्दै कविता सुनाएकी छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले सरकारले युगन्ताकारी परिवर्तनका काम गरेको दावी गरिन् । उनले सरकारले तीन वर्षमा गरेका विकास र जनपक्षीय कामको आफूले उच्च सम्मान गर्ने बताइन् ।
उनले सरकारका कामको प्रशंसा गर्दै आलोचकमाथि व्यंग्य गर्दै कविता समेत सुनाएकी थिइन् ।
कविता
वर्षौंपछि मेलम्चीको पानी काठमाडौं आए पनि
अतिक्रमित भूभाग समेटी नक्सा ल्याए पनि
देशैभरी विकासका लहर छरे पनि
ऐतिहासिक सम्झौता र सन्धि गरे पनि
रेल, तेल पुनर्निर्माण जे जे गरे पनि
केही देख्न नसक्ने दोषी चस्माधारी नजरहरूलाई
म के भनौँ ?
राष्ट्र र जनभावनामाथि ठेस पुर्याउँदै कम्फर्टेबल सरकार बनाउछौँ भन्नेहरूलाई म के भनौँ ?
पद र प्रतिष्ठालाई प्राथमिकतामा राख्दै
अपमान भयो, प्रतिगमन भयो भन्नेहरूलाई म के भनौ ?
राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई जोगाउँदै
ताजा जनादेशमा जाँदा प्रतिगमन र अपराध हुन्छ भने
म सम्माननीय प्रधानमन्त्री
अर्को अपराध गर्न, प्रतिगमन गर्न आग्रह गर्न चाहन्छु ।