प्रधानमन्त्रीलाई गगन थापाले भने- शिलान्यास र उद्घाटन गर्ने रहर हो भने बालुवाटारमा खाली जग्गा छ, त्यहीँ गर्नुहोला-Sutra News

प्रधानमन्त्रीलाई गगन थापाले भने- शिलान्यास र उद्घाटन गर्ने रहर हो भने बालुवाटारमा खाली जग्गा छ, त्यहीँ गर्नुहोला

बिहिबार, २६ चैत्र २०७७

बिहिबार, २६ चैत्र २०७७

काठमाडौं- नेपाली कांग्रेका सांसद गगन थापाले नेपालको इतिहासमा सबैभन्दा बढी अवसर पाएको अवस्थामा सरकारले तीन वर्षको अवधिमा कति काम गर्‍यो भन्ने विषयमा तथ्य, तथ्यांकमा बहस गर्न प्रधानमन्त्री केपी ओलीलाई चुनौती दिएका छन् ।



प्रधानमन्त्री ओलीले गर्नुपर्ने काम नगरेर जथाभावी गर्दै हिँडेको थापाको आरोप छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा थापाले भने, ‘संसद्लाई छलेर, भागेर होइन, यहीँभित्र आएर छलफल गरौँ । शिलान्यास, उद्घाटन गर्ने रहर हो भने बालुवाटारमा खाली जग्गा छ, त्यहीँ गर्नुहोला ।’

थापाले उद्घाटन गर्दै हिँड्ने प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन समय नमिलेको भन्दै आपत्ति जनाए । उद्घाटनको ‘तमासा’ नदेखाउन उनले वर्षौँदेखि थला परेका आयोजनालाई पूरा गर्नतर्फ ध्यान दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट