sutra news logo

बुधवार, कार्तिक १० गते २०७८

images

माओवादी केन्द्र परित्याग गरेका चार नेता सांसद र मन्त्री दुवैबाट पदमुक्त

माओवादी केन्द्र परित्याग गरेका चार नेता सांसद र मन्त्री दुवैबाट पदमुक्त

images

ऋषि थपलिया

२७ चैत्र २०७७
  • 1.4K
    SHARES
  • माओवादी केन्द्र परित्याग गरेका चार नेता सांसद र मन्त्री दुवैबाट पदमुक्त
    images

    काठमाडौं– नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका चार जना मन्त्रीलाई पार्टीले कारबाही गरेपछि सांसद र मन्त्री दुवैबाट पदमुक्त भएका छन् ।

    images

    माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको घेषणा संसद सचिवालयले गरेसँगै उनीहरू मन्त्रीबाट समेत पदमुक्त भएका हुन् ।

    कारबाहीमा परेका नेताहरू उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी पदमुक्त भएका हुन् ।

    चारै जना माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनीहरू साविकको नेकपा विभाजित हुँदा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका थिए ।

    सर्वोच्च अदालतले २३ फागुनमा नेकपाको एकता खारेज गरेपछि पनि उनीहरू माओवादी केन्द्रमा फर्किन अस्वीकार गरेका थिए । २८ फागुनमा एमाले अध्यक्ष ओलीले उनीहरुलाई एमाले केन्द्रीय सदस्य मनोनित गरेका थिए ।

    बिहीबार प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलसम्बन्धी ऐनको दफा ३५ को उपदफा १ र प्रतिनिधिसभा नियमावलीको नियम २१२ को उपनियम १ बमोजिम चार जना सांसद पदमुक्त भएको सदनमा जानकारी गराए । सभामुख सापकोटाले प्रत्यक्ष निर्वाचित अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् ।

    संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएका व्यक्तिलाई पनि मन्त्री नियुक्त गर्नसक्ने उल्लेख छ । यसरी नियुक्त मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नुपर्नेछ, नभए तत्काल कायम रहेको प्रतिनिधिसभाको कार्यकालभर मन्त्री पदमा पुनः नियुक्तिका लागि अयोग्य हुनेछ ।

    सांसदबाट हटेपछि उहाँहरू मन्त्रीबाट पदमुक्त भएका छन् । यद्यपि उनीहरूलाई प्रधानमन्त्रीले पुनः मन्त्री नियुक्त गर्ने ओलीनिकट एक नेताले जानकारी दिए ।

    हेर्नुहोस् भिडियो...


    प्रकाशित :चैत्र २७, २०७७ शुक्रवार - ०१:००:२९

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.